कोभिड-१९ ले गर्दा नेपाली घरजग्गा क्षेत्रमा परेको सम्भावित प्रभाव

कोभिड-१९ ले गर्दा नेपाली घरजग्गा क्षेत्रमा परेको सम्भावित प्रभाव

समग्र आर्थिक बृद्धि र सन्क्रमन सम्बन्धी डरको बढ्दो आशंकाको कारण आवास क्षेत्रको लागि जोखिम बढ्ने सम्भावना छ। कम हिड्न र साइट भ्रमण गर्न असमर्थताको कारण, नयाँ बिक्रीमा र यो सम्बन्धित कुरामा केही गिरावट आएको देखिन्छ। नेपालका बिभिन्न घर जग्गा सम्बन्धि बिज्ञका अनुसार पनि घर जग्गा क्षेत्र निकै प्रभाभित हुन सक्ने अनुमान गरिएको छ । मान्छेको पैसा लगानी गर्न सक्ने क्षमता घटदै जादैछ र घरधनिमा चाही घरजग्गा बेच्नु पर्ने बध्यता छ ।

काठमाडौं जस्ता शहरमा कोभिड-१९ अघी, उच्च दरमा घरजग्गा करोबार हुँदै अएको कुरा सबैलाई अवगत नै छ, तर अहिलेको बिध्यमान समयमा आर्थिक करोबर घाटदै गहेको हुनाले तेही दरमा किनबेच असम्भव जस्तै भएको छ । बैंकको ब्याज तिर्न पर्ने अर्को समस्याले घर धनीलाई पिरोलेको छ जस्ले गर्दा पनि घरजग्गा बेच्न पर्ने तर आर्थिक सन्तुलन मिलाउन घरको मुल्य घटाउन नसक्ने स्थिती छ ।

किन्ने र बेच्नेको आर्थिक सन्तुलन बिग्रेको हुनाले पनि यो अवस्थामा घरजग्गाको करोबर घाटदो क्रममा जाने निस्चित छ ।

आपूर्ति छेत्र:
नेपाल घरजग्गा समबन्धी कच्चा पदर्थको लागि भारत र चिन जस्ता देशमा निर्भर छ, दुबै तिरको नाकाबाट सहज रुपमा कच्चा पदार्थ भित्र्याउन सक्ने सम्भावना निम्न छ, मुख्य कच्चा मालको मूल्य भिन्नता, आइरन, स्टील, र चीन र भारतबाट आयात गरिएको अन्य उपकरणहरू सहित कच्चा माल लागतमा पूर्वानुमान वृद्धि देखिएको छ। उत्पादन शटडाउनले निर्माण सामग्री र श्रमको खर्चामा गहिरो प्रभाव परेको देखिन्छ।

श्रमिक छेत्र:
संसार भरिनै उत्पादन क्षेत्र र अरु आर्थिक करोबारको क्षेत्रको कृयासिलतामा संकट देखिएको छ । त्यही माथि श्रमिकलाई उचित व्यवस्थापन गर्न नसक्ने, र कोभिड-१९ को महामरीबाट पनि बचाउन पर्ने अहिलेको चुनौतीले, श्रमिक लाई अफ्ठ्यारो पारेको छ ।

श्रमिकहरु कार्यक्षेत्रबाट आ-आफ्नो घर मा फर्केका हुनाले नि , श्रमिकको कमी बजारमा देखिएको हो ।

त्यसैले घरजग्गा क्षेत्रमा पनि श्रमको ठुलो संकट नै देखिएको छ जस्ले गर्दा नयाँ सम्रचना र जग्गाको बिकाशमा ठुलो असर देखिने भएको छ ।

नगद प्रवाह अवरोध:
कमजोर बिक्री वेग र प्रतिबन्धित यात्राले आवासीय, आतिथ्य र खुद्रा क्षेत्रहरूमा नगद प्रवाहमा असर पार्दछ।

यो असर नेपालमा नि ठुलो मात्रमा देखिएको छ, नेपालको अर्थ व्यवस्था धेरै जसो रेमिटेन्स र पर्यटनमा निर्भर छ र यो दुइटा क्षेत्रलाई पनि कोभिड-१९ले नराम्रो सँग असर पार्दै गएको छ । अर्थ व्यवस्था कम्जोर हुँदै गएको हुनाले पनि , घरजग्गाको ब्यपार मा मन्दी देखिने सम्भावना छ ।

आपुर्तिमा अवरोध:
अवस्थित आपुर्ति नेटवर्कमा अवरोधका कारण निर्माण ढिलाइ भएको देखिन्छ । कोभिड-१९ले श्रमिक, कच्चा पदार्थ र यस्को व्यवस्थापन गर्ने श्रोतनै निस्कृय बनाइदिएको छ । अपुर्ती नेट्वोर्कले, यि सबै कुरा व्यवस्थापन गर्नै नसक्ने स्थितिमा छ जस्ले गर्दा सबै घरजग्गा समबन्धी कामलाई असर पुगिरहेको छ ।

लकडाउन प्रतिबन्धले डिमांड साइडमा प्रभाव:
आवासीय क्षेत्र भित्रको बिक्री कमजोर र रिटेल र आतिथ्य क्षेत्रमा कम फाइदाले गर्दा अहिलेको स्थितिमा मान्छेको खर्च र लगानी गर्ने छ्यमता एक्दम घटेको छ । नेपाल मा घर जग्गामा लगानी एक्दम राम्रो आर्थिक बिकल्प मनिन्छ तर, अहिलेको बिकराल समयमा आम्दानी निम्न स्थरमा पुगेको ले, तेइ घरजग्ग बिक्री गरी अर्थ जुटाउन पर्ने बाध्यता देखिएको छ । दुखको कुरा त यो छ कि घरजग्गको सप्लाई साईड एक्दम बडदो क्रममा छ भने डिमन्ड साईड एक्दम घाट्दो क्रममा देखिएको छ र यो लामो समय सम्म हुने अनुमान बिज्ञहरुको छ ।

उपभोक्तको भावना:
अवस्थित उद्योग बन्दका कारण प्रयोगकर्ताको बानीमा सम्भावित परिवर्तन देखिएको छ । पर्यटन, रेम्मिटेन्स, प्रोडक्सन सबै क्षेत्रमा कोभिड-१९को ब्यापक असर देखिएको छ जस्ले गर्दा आर्थिक मन्दी को अवस्था सिर्जना भएको छ । मान्छेले खर्च र लगानी गर्न सक्ने क्षयमतामा गिरावत आएको हुनाले उपभोक्ताहरु अन्योलको स्थितिमा छन र सामान्य दिनचर्याका बस्तु र औषधी बाहेक अरु क्षत्रमा मान्छे को सम्लग्नता एक्दम घाटेको पाईन्छ ।

अवस्थित मौलिक परियोजना र सम्भावित प्रभाव:
लकडाउन पछि अपूर्ण परियोजनाहरूको निर्माण देशभरि ठप्प बन्न पुगेकोछ। यसैले परियोजनमा स्रोतको वितरण स्थगित जस्तै भएको छ ।चीन र भारतबाट इस्पात, सिमेन्ट र अन्य उपकरणको आयातमा समग्र अवरोधको रूपमा कच्चा मालको लागत बढ्ने अनुमान छ।

यस आर्थिक वर्षको शुरुवाती दिनदेखि नै सुस्त रहेको निर्माण क्षेत्रलाई अझ बढी हानि हुने अनुमान गरिएको छ। महामारी पछि पनि लेबरफोर्सको अभाव हुन सक्छ जसले प्रचलित तरलतामा प्रतिकूल प्रभाव पार्ने छ ।

अर्को सम्भावित प्रभावहरु भन्नु पर्दा कर र त्यसको अनुपालन सम्बन्धी क्षेत्र बडी मारमा परेको देखिन्छ । लकडाउनले गर्दा कुनै आम्दानी नभयका तर कर तिर्न छोटो अवधि रहेको हुदा ब्यापारी र निर्माता कम्पनी बडी मारमा परेको देखिन्छ ।

हजुरहरुलाई यो लेख कस्तो लाग्यो ? ? कृपया प्रतिकृया दिनु होला ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image