काठमाडौं तथा ठूला शहर बाहिर घर जग्गामा लगानी – के फलदायी छ ?

काठमाडौं तथा ठूला शहर बाहिर घर जग्गामा लगानी – के फलदायी छ ?

नेपालको संवीधान २०७२ ले देशलाई पूर्ण रुपमा सघिंयतामा रुपान्तरण गरिसकेको छ । संविधानले परिकल्पना गरे अनुसारका केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ऐन, नियम र कानूनको माध्यमबाट तीनै तहको सरकारको क्षेत्राधीकारको व्यवस्था सहित पूर्ण रुपमा कार्यान्वयन भै सकेको अवस्था छ । संविधानको मर्म अनुसार कार्यान्वयन भै सकेको र कार्यान्वयन हुन बांकी व्यवस्था समेत कार्यान्वयनको अन्तिम चरणमा प्रवेष गरिसकेको छ । यसबाट आम सर्वसाधारणले समेत अधिकार आफ्नै घर आगनमा आई पुगेको अनुभूति गर्न थालेका छन् । विकासलाई नजिकबाट देख्न थालेका छन् । परिवर्तन महशुस गर्न थालेका छन् ।

विगतमा सामान्य भन्दा सामान्य सरकारी कामको लागि सदरमुकाम र राजधानी धाउनु पर्ने बाध्यताबाट छुटकारा पाएका छन् । राज्यसँग जोडिएका नागरिक अधिकार आफ्नै गाउँ ठाउँमा रहेको पालिकाबाट पाउँन थालेका छन् । गाउँपालिका तथा नगरपालिकामानै  स्नातक तह सम्मको अध्ययन हुने क्याम्पसको सञ्चालन, प्राविधिक शिप युक्त शिक्षा अध्ययन क्याम्पसको सञ्चालन, स्वास्थ्य चौकीको उचीत व्यवस्थापन, अस्पतालको क्षमतावृद्धि, बजारको विकास जस्ता कार्य चरणबद्ध रुपमा अगाडि बढेका छन् । यसले स्थानीय बासिन्दामा आशा र सम्भावनाको रक्तसञ्चार गरेको छ । हिजो पलाएन हुन खोज्ने मानिसहरुबाट समेत अब यही केही हुन्छ, किन अन्यन्त्र जाने भन्ने स्वरहरु सुन्न थालिएका छन् । यसबाट विगतमा शहर केन्द्रित हुने वातवरणलाई ब्रेक लगाउन शुरु भएको चरणको रुपमा बुझ्न सकिन्छ । 

सबै क्षेत्रका जग्गाहरुको उपस्थिती समान हुन । यी आपैmमा विभाजीत र मूल्यावान हैनन् । तर जग्गा जमिनको मूल्यांकनलाई त्यस क्षेत्रको जनघनत्व र संभाव्यताले प्रत्येक्ष प्रभाव भने पार्ने गर्दछ । विगतका संभाव्यतालाई एकपक्षिय रुपमा पछ्याई दिदा राजधानी र ठूला शहरका जग्गा जमिनको मूल्यमा अस्वभावीक रुपमा वृदि भएका थिए । जसको अनुपातमा आजका दिनमा यी स्थानको मूल्य औषत वृदि समेत हुन सकि रहेका छैनन् । अस्तव्यस्त शहरिकण र प्रदुषण अचाकलि वृद्धि, अधिक जनघनत्व र उच्च वर्गको पहँुचमा समित हुन थालेको अवसर, अावश्यक  पूर्वाधार तथा बाहिरी क्षेत्रमा निमार्ण भईरहेको अन्तराष्ट्रिय विमान स्थल जस्ता तत्वले समेत राजधानी काठमाडौं केन्द्रित हुने वातावरण लाई विथोलि दिएको छ, जसले गर्दा नगरउन्मुख तथा आसपासका क्षेत्रको विकासलाई प्रत्येक्ष लाभ पुग्ने देखिन्छ । 

पछिल्लो समयमा भएको मोटरबाटोको निमार्ण, विधुतीयकरण तथा पूर्वाधार निर्माण र घर दैलोमानै सरकारी सेवाको अनुभूतीले नगरउन्मुख र आसपासका गाउँहरु समेत घर जग्गा लगानीको सम्भावना बोकेको क्षेत्रको रुपमा अगाडि आएका छन् । हिजका दिनमा मूल्यहिन जस्तो अवस्थामा रहेका जमिनको मूल्य गुणात्मक रुपमा वृद्धि भएका छन् । जसले गर्दा राजधानी तथा शहर केन्द्रित हुने एकतप्काका उपभोक्ता तथा लगानी कर्ता समेत नगर उन्मुख तथा आसपासका क्षेत्रमा प्रवेष गर्न थालेका छन् ।

यसैगरी बैंकिंग सेवाको विस्तारले लागानीको क्षेत्रमा कसरी प्रभाव पार्दछ, भन्ने कुरा राजधानीमा नै एक दशक अघि र आजको दिनमा आएको परिवर्तनलाई लिन सकिन्छ । राजधानी तथा शहर केन्द्रित घर जग्गा जमिनको मूल्यमा आयको गुणत्मक वृद्धिमा बैंक तथा वित्तिय संस्थाको लगानीको सम्बन्ध प्रत्येक्ष रुपमा रहेको पाउँन सकिन्छ । 

त्यसैले बैंक तथा वित्तिय संस्थालाई नेपाल राष्ट्र बैंकको निर्देशनबाट सबै स्थानीय स्तरमा बैंक तथा वित्तिय सेवा पु¥याउन गरेको बाध्यकारी व्यवस्थाले केन्द्रकृत रुपमा रहेको लगानी योग्य रकम पालिका तथा दुर्गम गाउँ ठाउँसम्म पुग्न थालेका छन् । जसले त्यस क्षत्रको अर्थतन्त्रलाई चलायमान बनाएको छ । स्थानीयहरुले समेत सर्व सुलभ दरमा नै ऋण सुविधा पाउन थालेका छन् भने, घर जग्गामा लगानी समेत बढाउन थालेका छन् । विगतमा पछि परेका स्थानको घर जग्गाको कारोबारमा आएको वृद्धिले लगानीको प्रतिफलको सुनिश्चता हुँदै गईरहेको पाउँन सकिन्छ । 

तसर्थ आज भन्दा दुई दशक अघि रहेको राजधानी तथा ठूला शहरको जग्गाको मुल्यको अवस्थाबाट नगर उन्मुख तथा आसपासका क्षेत्रका जग्गा जमिनको मुल्य बामे सर्न थालेको हुँदा तुलनात्मक रुपमा भविष्यमा हुने प्रतिफलको दृष्टिकोणबाट राजधानी तथा ठूलाशहर भन्दा नगरउन्मुख तथा आसपासका क्षेत्रका घर जग्गामा लगानी गर्नु उपयुक्त देखिन्छ ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image