अनलाईन मार्केटिंगको अर्थ र विशेषता

अनलाईन मार्केटिंगको अर्थ र विशेषता

अनलाईन मार्केटिंग भनेको उपकरणहरु र विधिहरुको एक साझा सेट हो, जुन ईन्टरनेट मार्फत उत्पादन र सेवाहरुको प्रबर्धनको लागि प्रयोग गरिन्छ । अनलाईन मार्केटिंगमा ईन्टरनेटमा उपलब्ध थप च्यानलहरु र मार्केटिंग संयन्त्रहरुको प्रयोग हुने हुँदा परम्परागत व्यवसाय मार्केटिंगको तुलनामा यसको सिमा फराकिलो र सहजै उपभोक्ताको माझमा आवश्यक जानकारी पु¥याउन मद्दत मुग्दछ । 

अनलाई मार्केटिंगको निम्न विशेषता रहेका हुन्छन्:

  • कम खर्च 
  • सुरुचिपूर्ण संचार
  • राम्रो नियन्त्रण
  • सुधारीएको ग्राहक सेवा
  • प्रतिस्पर्धी लाभ 

अनलाईन मार्केटिंग ईन्टरनेट मार्केटिंग, वेब मार्केटिंग, डिजिटल मार्केटिंग र खोज इन्जिन कार्मेटिंगको रुपमा पनि आम जनमानस परिचित हुन थालेका छन् । 

विश्व बजारमा यसको उपयोगिता स्थापीत भै सकेको अवस्थामा नेपालमा समेत अनलाईन मार्केटिंगको प्रचलन बढ्दो क्रममा रहेको छ । अनलाईन मर्कोटिंगले सहजै उपभक्ताले चाहेको उपभोग्य बस्तुको बारेमा जानकारी दिने, विभिन्न ब्रान्डका उपभोग्य वस्तुको भिन्न मुल्यमा भेराईटी प्रस्तुत गर्दिने तथा उपभोक्ताको सुविधा अनुसार घरसम्मै पु¥याई दिने जस्ता सुविधाले समेत उपभोक्ता आकर्षित हनु थालेका छन् ।  आजका दिनसम्म आउँदा उपभोग्य वस्तुको मात्र नभई अचल सम्पत्ति घर जग्गाको विज्ञापन तथा डिजिटल प्रस्तुती रियल स्टेट वेवसाईटमा प्रस्तुत हुन थालेका छन् । यसबाट फरक फरक ठाउँमा रहेका घर जग्गा र तिनको मूल्य र अवस्थित स्थानको बारेमा सहजै जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरेका छन् । उदाहरणको लागि https://basobaas.com/, https://hamrobazaar.com/, https://www.daraz.com.np/ जस्ता सयौं अनलाईन पोर्टलहरु उपलब्ध छन् । विक्रि कर्ता र खरिद कर्तालाई विश्वसनीय सूचनाको स्रोत यसप्रकारका अनलाईन प्यालेटफर्म बन्न थालेका छन् । 

Related Posts
article-image
article-image
article-image
article-image
article-image