Compare Listings

लगानीमा कडाइः घरजग्गा तथा गाडि कारोबार प्रभावित

लगानीमा कडाइः घरजग्गा तथा गाडि कारोबार प्रभावित

बंैकले लगानीमा कडाइ गर्दा त्यसको असर गाडी र घरजग्गाको कारोबारमा परेको छ । जिल्लाभित्र भइरहेको कारोबार घट्दै गएको छ भने भन्सारबाट हुने गाडी आयात पनि ठप्प छ । लगानीमा गरिएको कडाइ पछि भैरहवा नाकाबाट आइरहेका गाडीहरु भारतको सुनौलीस्थित खाली जग्गामा थुप्रिएका छन् । यसले गर्दा सबैभन्दा बढी गाडी आयात हुने भैरहवा भन्सारको राजस्व असुली समेत प्रभावित भएको छ ।

गत आर्थिक वर्षको माघ मसान्तसम्म भैरहवा भन्सारको कुल राजस्व २५ अर्ब ६० करोड रुपैँया मध्य सवारी साधनको योगदान १२ अर्ब १३ करोड थियो भने चालु आर्थिक वर्षको माघ मसान्तसम्म संकलित ३८ अर्ब ५२ करोडमा २० अर्व २८ करोड छ । यसरी रुपन्देहिको घर जग्गा कारोबारमा पनि लगानीको कडाइले ठूलो असर पु¥याएको छ । देशका विभिन्न सहरहरुमा घरजग्गाको कारोबार फस्टाइरहेका बेला बैंकले गरेको अकस्मात कडाइले गर्दा ति कारोबारहरुमा ठुलो असर परेको छ । कारोबार ठप्प भएका सहरहरु मध्य भैरहवा, बुटवल, तिलोत्तोमा नगरपालिका, देवदह, लुम्विनि, सैनामैना आदि हुन् । उल्लेखित जिल्लाहरु बसाइ र व्यवसायका लागि आकर्षणका स्थल बनेका थिए तर बैंकले लगाएको कडाइका कारण परिस्थिति बदलिंदो छ । निकै चहल पहल देखिने मालपोत तथा राजस्व कार्यलयहरुमा पनि उत्साह सेलाएको देखिन्छ ।

भैरहवा मालपोत कार्यलयको तथ्यांक अनुसार पौष महिनामा घर जग्गाको कारोबार बाट ८ करोड १७ लाख रुपैंया राजस्व असुली भएको थियो भने त्यो रकम माघमा घटेर ५ करोड २२ लाख र फागुन १९ सम्म २ करोड २० लाख पुगेको थियो । बुटवल मालपोत कार्यलयमा पनि सोहि अवस्था छ । घर जग्गा तथा गाडिको कारोबारमा लगाइएको कडाइले आन्तरिक राजस्वमा प्रतक्ष्य असर पुगेको छ र यसले थुप्रै प्रश्नहरु प्नि खडा गरेको छ ।

img

BN Staff

Related posts

घरको बार्दलीलाई कसरी उपयोगी बनाउने

आकार र क्षेत्रफल अनुसार घरको बार्दली...

Continue reading
by BN Staff

Inflection of Sustainibility and Modernization in Housing

Sit down, lay back, forget everything that is bugging you, take a deep breath and imagine yourself...

Continue reading
by BN Staff

धरभित्र सजिलै उमार्न सकिने केहि बिरुवाहरु

बोटबिरुवा पाल्नुका थुप्रै प्रतक्ष्य...

Continue reading
by BN Staff

Join The Discussion

%d bloggers like this: